हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा चार बर्षको लागि लगानी गरिने
काठमाडौं – बिश्व वातावरण दिवसको अवसरमा प्रभु बैंकले लक्जेम्बर्गबाट रकम प्राप्त गरेको छ । बैंकका अनुसार लक्जेम्बर्गको एमएसएमई इन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर अर्थात नेपाली रुपैंयाँ करिव ६६ करोड रुपैयाँ ऋण सुविधा प्राप्त गरेको हो ।
विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको बैंकले जानकारी दिएको छ । जलवायु परिवर्तनले आक्रन्त विश्व, यस्को प्रभावबाट मुक्ति पाउन प्रयासरत रहेको अवस्थामा प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराईने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।
बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यावसाय प्रवद्र्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको जानकारी पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले दिए ।