मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सुदूरपश्चिममा सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, आजै शपथको तयारी

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा विस्तारका लागि सत्ता गठबन्धनमा भागबण्डा मिलेको छ ।

नेकपा (माओवादी केन्द्र) ले मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएसँगै अब सरकार विस्तारको तयारी थालिएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिए।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको छ ।

उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको हो।

धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको हो ।

शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।