शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आज एमाले सचिवालय बस्दै, यस्ता छन् अजेन्डा

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रिय समितिको छलफलको अजेन्डा तय हुनेछ ।

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखि सुरु हुदैँछ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।