मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

राष्ट्रिय सभामा उठ्यो प्रश्न : आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सोमबार, बैशाख २५ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै प्रश्न गरेका छन्।

आइतवार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानी गर्न नहुने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए। उनले नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसद्‌मा नेकपा एमालेले उठाएको दाबी गरे।

उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग समेत गरे ।