सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मुगु हिमपहिरो : यार्सा संकलनमा गएका तीन जनाको मृत्यु

आइतबार, बैशाख २४ २०८०

मुगु । हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ ।

जुम्लाको पातारासी गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

अन्दाजी १२ देखि १३ जनाको टोलीमा रहेका मध्ये शनिवार ३ जना बेपत्ता भएका थिए । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका–२ च्यार्खु भन्ने लेकमा शनिवार देखी  उनीहरू बेपत्ता भएको थिए ।

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएका उनीहरूको शनिवार देखि नै खोजी कार्य गरिएको थियो ।

जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिए पनि मृतकसहितका टोली भने लुकिछिपी जान खोज्दा हिमपहिरोमा परेर बेपत्ता भएको हुन ।

यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् ।

मृत्यु भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो ।