सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

हेलिकप्टर दुर्घटना अपडेटः एकको मृत्यु, चार घाइतेको मेडिसिटीमा उपचार हुँदै

शुक्रबार, बैशाख २२ २०८०

संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई सिम्रिककै अर्को हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएपछि तुम्लिङटार विमानस्थल लगिएको थियो । तुम्लिङटारबट शव पोस्टमार्टमका लागि खाँदबारी अस्पताल लगिएको छ । अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । हेलिकोप्टरबाट हामफालेर बाँचेका विक्रम शंकर भने सामान्य घाइते छन् ।

उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।