काठमाडौं । तत्कालीन उर्जामन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो ।
उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनी माथी पक्राउ पुर्जि जारी गरिएको थियो ।