काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेताहरुप्रति कडा टिप्पणी गरेका छन् ।
मेयर शाहले राजनीतिक दलका नेताहरुप्रति आपक्तिजनक अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले नयाँ, पुराना सबै नेताहरु चोर भएको अभिव्यक्ति दिएका छन् । साथै उनले नेताहरु कसैलाई देशको माया नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्– नयाँ , पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।