काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिँदै दिएका हुन्।
एसिया कपमा छनोट हुनु ठूलो सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन् : ‘एसिसि प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।’
प्रधानमन्त्रीले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका छन्।