सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सरकार र महावीर पुनबीच आज पनि वार्ता

सोमबार, बैशाख १८ २०८०

काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ ।

आईतवार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन सकेको छैन । आज साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट अनिश्चितकालीन धर्ना उत्रिएका छन् ।

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने, जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
उनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन ।