बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

आइतबार, बैशाख १७ २०८०

भरतपुर महानगरपालिका–१० रेडक्रस चोक बस्ने राम बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।