बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अवैध लागूऔषधसहित दुई जना पक्राउ

आइतबार, बैशाख १७ २०८०

काठमाडौं – कञ्चनपुरको बेलौरी नगरालिका–६ नकैयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५६ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने २० वर्षीया सन्ध्या चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका–६ सडकटोल बस्ने ३३ वर्षीय सुमित राउतलाई नियन्त्रित लागूऔषध ३ सय ४० पीससहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।