काठमाण्डौँ – प्रहरी प्रभाग बुढानिलकण्ठले तीन जनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ।
शनिबार प्रहरी प्रभाग बुढानिलकण्ठले काठमाण्डौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका-२ बदेली स्थित वडा एरियामा केही मानिसहरुले नियन्त्रित लागु औषध बिक्री वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृतसहितको प्रहरी टोलीले निगरानी गरी जिल्ला धादिङ् घर भई हाल काठमाण्डौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका-२ बस्ने बर्ष १९ को सुदर्शन दाहाल, काठमाण्डौँ बूढानीलकण्ठ वडा नं.-२ बस्ने बर्ष २२ को संसार सिटौला र ऐ.ऐ. बस्ने बर्ष २३ को प्रबिना शाहीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट DIAZEPAM लेखिएको एम्पुल थान – २०३, PHENERGAN लेखिएको एम्पुल थान – २१४, NOOPHIN लेखिएको एम्पुल थान – २०२, Nitrazepam लेखिएको ट्याब्लेटहरू थान – ७०९, ३ थान मोवाइल र नगद ५०,०००।-बरामद गरेको छ।
लागु औषधसहित पक्राउमा परेका ब्यक्तिहरु उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको प्रहरी प्रभाग बुढानिलकण्ठले जानकारी गराएको छ ।