काठमाडौं – नेप्से रातै देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १८ दशमलव ८० अंकले घटेर १८ सय ८५ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ चार प्रतिशतले घटेर तीन सय ५९ दशमलव १३ अंकमा पुगेको छ । दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ७१ अंकले घटेर १२ सय २९ दशमलव २३ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ३५ दशमलव ९८ अंकले घटेर तीन हजार चार सय २३ दशमलव ७४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ९४ अंकले घटेर दुई हजा चार सय ३७ दशमलव ५३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय १८ दशमलव ७४ अंकले घटेर नौं हजार तीन सय ५७ दशमलव ९१ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज ब्लुचीप फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज इक्विटी फोकस फण्ड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा मुलुङ हाईड्रोपावर कम्पनी परेको छ ।