काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।
मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि उनलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।