आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शनिबार, बैशाख २ २०८०

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।

सय वर्षीय जोशीको आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षको उमेरमा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
शताब्दी पुरुष सत्यमोहन जोशीको पनि गत वर्षको असोजमा सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेका थियो।