आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि पुनः मतदान हुने

बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको मतदान हुने भएको छ ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ ।

८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन ।

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । हिँजो साझ ६ बजे सम्पन्न मतगणनाको एसोसिएटतर्फको नतिजा आएको हो ।