काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।
प्रतिस्पर्धी अरुणराज सुमार्गी र दिनेश श्रेष्ठलाई हराउँदै वैद्य विजयी भएका हुन् ।
उनले ४३ मत ल्याएर विजयी बन्दा सुमार्गीले ३७ र श्रेष्ठले ३४ मत पाए । वैद्य रामचन्द्र संघाई समूहबाट उम्मेदवार थिए ।
यसैगरी वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल ६१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ ।
ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।