आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी बनेकी छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन् । उनी ८४६ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत पाएका छन् ।

विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन् ।

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी बनेका छन् । जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भए ।