सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रास्वपाको निर्णय:

ढाकाकुमारको साधारण सदस्यता खारेज, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

बुधबार, चैत्र २९ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । बुधबार साँझ पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति रवि लामिछानेले श्रेष्ठलाई निस्काशन गरिएको जानकारी गराएका हुन् ।

श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय समेत गरेको छ । सदस्य खारेजीसँगै श्रेष्ठको सांसद पद स्वतः रहने छैन ।

समानुपातिक प्रणालीबाट निर्वाचित श्रेष्ठको ठाउँमा रास्वपाले अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ । अब श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
रास्वस्पाले कंसाकारलाई केही समयअघि मात्र केन्द्रीय सदस्य मनोनित गरेको थियो ।