आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

उद्योग वाणिज्य महासंघको मतदान जारी, वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

बुधबार, चैत्र २९ २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो ।

प्रज्ञाभवन कमलादीमा तोकिएको समयभन्दा २ घण्टा ढिला गरेर मतदान सुरु भएको हो ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिन वरिष्ठ उपाध्यक्षमा तीन जना पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

महासंघको विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्ने छन् ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।