बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल

आइतबार, चैत्र ५ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस अघिका महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले छाडेर रुपन्देहीबाट तत्कालीन सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र चुनाव लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए । उनी एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित बनेका थिए ।