बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रास्वपाले फेरि पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

आइतबार, चैत्र ५ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

आज आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा भने रास्वपाले कुनै निर्णय नगरेको भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले गरेको छ ।

यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

यसैगरी संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।