मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेको छ।

आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेको हो । यसअघि शुक्रबार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

यस्तै आज एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा  र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रबार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा  र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६  रुपैयाँ २७ पैसा र बिक्रीमा ८६  रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१  पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा कारोबार हुदाँ बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।