काठमाडौ, फागुुन, २९–
एनआईसी एशिया र बैंकर एशोसियसनबीचको विवाद टुुंगिएको छ । नेपाल राष्ट्र बैकको सुपरीवेक्षण बिभागका प्रमुुखहरु समेतको रोहबरमा नेपाल बैंकर एसोसियसन र एनआईसी एशियाका प्रतिनिधीहरुबीच छलफल भएपश्चात उक्त बिवाद टुंगिएको हो ।
एनआईसीले मुुद्धती निक्षेपमा १२ प्रतिशतको उच्च ब्याजदर तोकेपछि संघले प्रतिवाद गर्दे अन्तर बैंक कारोबार रोकेको थियो । संघले एनआईसी एशियालाई गरेको कारवाहीमा संघमा आवद्ध २७ वटै वाणिज्य बैंकहरुले सहमती जनााएका थिए । तर, यो विवादमा लामो समयसम्म जारी राख्दा बित्तीय प्रणालीमा नै असर पर्ने भएपछि नेपाल राष्ट्र बैैंकले बैंकर संघ र एनआईसी एशियाका प्रतिनिधीहरुलाई छलफलको लागि बोलाएको थियो । उक्त छलफलमा एनआईसी एशियाका सहायक प्रमुुख कार्यकारी अधिकृत रोशन शर्मा र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुुंगाना एवं अन्य बैंकका प्रमुुख कार्यकारीहरुको पनि उपस्थिती रहेको थियो । वाणिज्य बैंक सुपरीवेक्षण बिभागका प्रमुखहरुको रोहबरमा भएको उक्त छलफलमा एनआईसी एशियाले ब्याजदर पुुनरावलोकन गर्ने सहमती भएपछि दुुबै पक्षबीचको विवाद सुल्झिएको हो ।
सो पश्चात एनआईसी एशियाले बिज्ञप्ती जारी गर्दे २०७४ फागुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने जानकारी दिएको छ । सो पश्चात भने ति योजनाहरु सबै बन्द गरिने बैंकले जनाएको छ । हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सो बाट आम ग्राहकमहानुभावहरुमा पर्न गएको असुविधाका लागी बैंक क्षमाप्रार्थी छ, बिज्ञप्तीमा भनिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहित मुलुककै सबैभन्दा वढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको, पनि बैंकले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।