काठमाडौं फागुन, २९–
भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको यो प्रतिवद्धतालाई यतिवेला यातायात व्यवस्था विभागका कर्मचारीहरुले धोती लगाईदिएका छन् ।
आर्थिक चलखेलमा लागेर पटक पटक टेण्डर समेत रद्द गर्दै ढिलासुस्तीमा तल्लिन रहेका यातायातका कर्मचारीको यो कृयाकलाप सार्वजनिकसँगै प्रधानमन्त्री ओलीको साख गिर्दो छ, प्रधानमन्त्री ओली आफ्नो खास मान्छे भएको बताउँदै देवेन्द्र प्रधान र माधव अधिकारीले यातायात व्यवस्था कार्यालय सुकेधारालाई ट्रायल सेन्टरको लागि आवेदन आव्हान टेण्डरको सूचना पटक पटक रद्द गर्न लागाउँदै कर्मचारीलाई दबाब एवं प्रभावमा पार्दे ट्रायल सेन्टरको टेण्डर आफ्नो पोल्टामा पार्ने कसरत भैरहेको स्रोतले उल्लेख गरेको छ ।
विश्वको धनिको सूचिमा परेका विनोद चौधरीका भाई अरुण चौधरीको लगानी रहेको सुजुकी ट्रायल सेन्टरलाई नै टेण्डर दिने कसरत भैरहकको बताइन्छ । पटक पटक विवादामा आएको सो ट्रायल सेन्टरलाई पुनः सम्झौता गराउने कसरतमा यातायात व्यवस्था विभागका महानिनर्देशक रुपनारायण भट्टराई तल्लिन रहेको बताइएको छ । चौधरीले प्रयोग गरेका केही विचौलियाहरुले उनलाई प्रभावमा पारेर यस्तो निर्णय गर्न लागिएको आरोप स्रोतको छ ।
चन्द्रागिरी नगरपालिकाको पैंतालिस रोपनी जग्गा सस्तो मूल्यमा भाडामा लिएर सुजुकीले संचालन गरेको ट्रायल सेन्टरमा जसरीपनि सुकेधाराको सेवाग्रहीलाई लैजाने प्रपञ्च हुँदै आएको बताइएको छ । पहिला पनि विवादमा आएको यो विषयले फेरि उग्ररुप लिन थालेको छ । यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र यातायात ब्यवस्था कार्यालय बाग्मति लाइसेन्सका प्रमुख तेजनारायण यादव लगायतको मिलेमतोमा ट्रायल सेन्टरको टेण्डर गर्दा सुजकीबाहेक अन्य प्रतिस्पर्धामै आउन नसक्ने गरी मापदण्ड बनाइएको थियो । त्यसैअनुरुप सुजुकीको मात्रै टेण्डर पर्यो ।
विवादास्पद भएकै कारण विभागले सुजुकीसँग गरेको सम्झौता बाहिर ल्याएको थिएन ।
यातायात व्यवस्था कार्यालय सुकेधाराले पटक पटक टेण्डर आव्हान गर्दै रद्द गर्दै आएको विषयमा कार्यालय प्रमुख गणेश पोखरेललाई प्रतिकृया लिँदा उनले स्वीकार्दै भने – ‘तिन पटकसम्म टेण्डर आव्हान गरेको हो, अहिलेपनि सम्झौता गर्ने तयारी हुँदै छ, तर एक जना यहि विषय हेर्ने कर्मचारी विदामा बसेकोले लम्बिएको हो ।’