काठमाडौं फागुन, २७–
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मत पाएका हुन् ।
वाम गठवन्धनको तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलको पक्षमा ६६ र विपक्षमा १८ मत परेको छ ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्दै समृद्ध प्रदेशको निर्माण गर्ने बताएका थिए ।