काठमाडौं फागुन, २५–
माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यद्यपि, एमालेले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहे पनि माओवादी केन्द्रले महरालाई सभामुखको उम्मेदवार बनाएको हो । शुक्रबार विहानसम्म नेम्वाङलाई सभामुख बनाउन एमालेले लबिङ गरे पनि माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभामुखका लागि महरासागै ओनसरी घर्ती, देव गुरुङ, लेखराज भट्ट र गिरिराजमणि पोखरेलको दाबी थियो ।
सभामुखको उम्मेदवारी दर्ताका लागि आज विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।