बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३६ लाख ठगीको आरोपमा कलाकार रोमा न्यौपाने पक्राउ

बिहिबार, फाल्गुन २४ २०७४

 काठमाडौं फागुन, २४–
कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छिन् । एक खुट्टाको भरमा नाचेर चर्चा कमाएकी न्यौपानेलाई बिहीबार साँझप्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

 एक वर्षअघि रोमा र उनको पति चिरञ्जीवी न्यौपानेविरुद्ध  ३६ लाख ठगी गरेको उजुरी परेको थियो । पति चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार रहेकी थिईन् ।

उनीमाथि भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगेको आरोप लागेको छ ।

 २६ पुस २०७३ मा जिल्ला अदालतले चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।

८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्छिन् । आफ्नो प्रतिभाकै कारण रोमाले बिदेशमा निकै अबसर समेत पाउदै आएकी थिईन् । उनलाई सरकारले २०७२ सालमा  युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।