बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसले छान्यो राष्ट्रपतिको उम्मेदवार, कुमारी लक्ष्मी राई विद्या भण्डारीविरुद्ध मैदानमा

बुधबार, फाल्गुन २३ २०७४

काठमाडौं फागुन, २३–
पूर्व सांसद कुमारी लक्ष्मी राईलाई  नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा  बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेकी राई २०३० सालदेखि  राजनीतिमा आवद्ध छिन् । कांग्रेस नेता दिवानसिंह राईकी छोरी समेत रहेकी राईका पिता  २०१५ सालमा सांसद बनेका थिए । उनको पञ्चायत कालमा हत्या भएको थियो । कांग्रेसमा नेता मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिए पनि  एमालेले विद्या भण्डारीलाई अघि सारेपछि कांग्रेसले पनि महिला उम्मेदवार बनाउने निर्णय गरेको हो ।