बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चिकित्सकको यस्तो लापरबाहीः देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने डाक्टरले काउन्सिललाई नै ढाँटे

बुधबार, फाल्गुन २३ २०७४

२३ फागुन,काडमाडौं -देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत ढाँटेका छन्

काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले विरामी देब्रे घुँडाका लागि आएको त हो, तर हाम्रो नजरमा दायाँ घुँडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौँ, भनेर दावी गरेका थिए ।
शल्यक्रियामा डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितका संलग्न थिए ।
चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्प्ताल भर्ना भएकी विन्दु पौडेलको देव्रेका सट्टा दाहिने घुँडाको शल्यक्रिया गरिएको थियो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।