बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले– माओवादी एकतापछि ३०१ सदस्यीय केन्द्रीय समिति बन्ने

बुधबार, फाल्गुन २३ २०७४

२३ फागुन,काडमाडौं -एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा ३ वटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ । एमाले र माओवादी केन्द्रले एकताको विषय टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ सदस्यीय केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र २३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ ।