काठमाडौ, फागुुन, २२–
नेप्सेमा बल्ल भने हरियाली देखिएको छ । लगतार घटेको नेप्से आज मंगलबार आठ दशमलव सात अंकले बढेर १२ सय ९६ दशमलव ४४ बिन्दुुमा पुुग्दा सेन्सिटिभ एक दशमलव ८७ अंकले बढेर दुुई सय ७५ दशमलव ४३ अंकमा पुुगेको छ । आज एक सय ६४ कम्पनीहरुको पाँच हजार छ सय १६ वटा कारोबारमा १४ लाख ४८ हजार आठ सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोबार रकम रकम ४८ करोड ३९ लाख १० हजार सात सय ५७ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा आठ वटा समुहको सुचक बढेर दुुई वटाको घटेको छ । बीमा समुहको सुचक ३४ दशमलव ९७ अंकले बढेर छ हजार तीन सय छ दशमलव ९१ बिन्दुुमा पुुगेकोकोमा ९८ लाख ५६ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैक समुहको सुचक १० दशमलव ५४ अंकले बढेर ११ सय ४८ दशमलव २२ अंकमा चढेकोमा २० करोड ५४ लाख तीन हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि १९ दशमलव ९७ अंकले बढेर १५ सय पाँच दशमलव ८३ अंकमा कायम रहेकोमा दुुई करोड २८ लाख ८१ हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक २२ दशमलव सात अंकले बढेर १५ सय ८१ दशमलव ३९ अंकमा कायम रहेकोमा दुुई करोड ४० लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन भने होटल र अन्य समुहको सुचक घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ सुुर्योदय लघुुबित्त संस्था १३११ ९.९८
२ नागवेली लघुुबित्त बिकास बैंक २२५० ६.१३
३ स्वदेशी लघुबित्त संस्था ४१२ ५.६४
४ ललितपुुर फाईनान्स १७० ५.५९
५ नेरुडे लघुबित्त बिकास बैंक ६८६ ५.५४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ ओरन्टल होटल समुह ५६६ ९.९२
२ वल्र्ड मर्चेन्ट फाईनान्स १११ ६.७७
३ ङादी ग्रुुप पावर लिमिटेड २०० ६.०७
४ ग्लोवल आईएमई लघुुुबित्त संस्था ११३५ ५.८०
५ एनएमबी माईक्रो फाईनान्स १३९५ ५.७४