काठमाडौं फागुन, २०–
राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । अघिल्लो सरकारले गरेको मनोनित खारेज गर्दै ओली सरकारले मनोनित गरेको राष्ट्रियसभाका तीन सदस्यविरुद्ध परेको रिटको सुनुवाई स्थगित गरिएको हो ।
ओली सरकारले युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई मनोनित गरेको थियो ।
उनीहरुका विरुद्ध परेको रिटमा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा आज बहस सुरु भएको थियो । निवेदकका तर्फबाट बहस गर्दै अधवक्ता बाबुराम जोशीले न्यायधिश राउतले अन्तरिम आदेश दिएको र अघिल्लो सरकारको महान्यायधिवक्ता भएकोले मुद्दा हेर्न नमिल्ने जिकिर गरेपश्चात सुनुवाई स्थगित भएको थियो । यो बिषयमा तीनै जनालाई सपथ रोक्न यसअघि नै अन्तरिम आदेश जारी भैसकेको छ ।