बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीय संसदको फागुन ३० सम्मको कार्यसूची सार्वजनिक, २६ गते सभामुख चयन, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

आइतबार, फाल्गुन २० २०७४

काठमाडौ फागुन, २०– 
संसद सचिवालयले आगामी फागुन ३० गतेसम्मको संसदको कार्यसूचि तयार गरेको छ । सचिवालयले  संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग संयुक्त छलफल गरेपछि उक्त कार्यसूची तय गरेको हो । आइतबार राष्ट्रिय मान्यताप्राप्त पाँच दलका नेताहरुसँग छलफल गरेर सचिवालयले कार्यसूचि तय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

दलहरुसँगको छलफलबाट आगामी फागुन ३० गतेसम्मको कार्यसूचि तयार पारिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी गराए । 

संघीय संसदले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार २६ गते प्रतिनिधिसभाको सभामुख, २७ गते प्रधानमन्त्रीको विश्वासको मत र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गरिने बताईएकोृ छ । 

 निर्वाचन आयोगले २९ गते राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यस्तै,  भोलि सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । त्यसैगरी सरकार गठन भएको मितिले १ महिना भित्र संसदमा प्रधानमन्त्रीले विश्वासको लिईसक्नुपर्ने हुन्छ ।