बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मञ्जुश्रीको तीन करोड ६२ लाखको हकप्रद आउने

आइतबार, फाल्गुन २० २०७४

काठमाडौ फागुुन, २०–
यही चैतको पहिलो साता मञ्जुुश्री फाईनान्सले तीन करोड ६२ लाख १९ हजा रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । फाईनान्सले चैत आठ गतेबाट बर्तमान चुक्ता पुुंजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी तीन लाख ६२ हजार एक सय ९० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 
बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री कार्य बैशाख १२ गतेसम्म जारी रहने छ । हाल अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ७६ करोड पाँच लाख ९७ हजा पाँच सय रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी ७६ करोड पाँच लाख ९७ हजार पाँच सय रुपैयाँ नै पग्ने छ ।