बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माछापच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको राजीनामा स्वीकृत

शुक्रबार, फाल्गुन १८ २०७४

काठमाडौं फागुन, १८–
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले फागुन २३ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकिृत श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।  साथै उक्त बैठकले  बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रहदा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले   बैंकको कार्य क्षेत्र विस्तार र उन्नत्तिका लागि पु¥याएको योगदानका लागि धन्यावाद समेत दिएको छ । त्यस्तै,  रिक्त रहेको  बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिले बैंकका नायव महाप्रबन्धक अर्जुन थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिने निर्णय समेत गरेको बैंकले जनाएको छ ।