बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा आएन सुधार, पहिलो दिन नै नेप्से रातै

आइतबार, फाल्गुन १३ २०७४

 
काठमाडौ फागुुन १३
साताको पहिलो कारोवार दिन आज नेप्से रातै देखिएको छ । नेप्से १२ दसमलव २५ अंकले घटेर १३ सय ७४ दसमलव ७३ बिन्दुुमा झर्दा सेन्सिटिभ दुुई दसमलव ६७ अंकले घटेर दुुई सय ९० दसमलव ५८ अंकमा झरेको छ । एक सय ४६ कम्पनीहरुको तीन हजार नौ सय ९८ वटा कारोवारमा पाँच लाख ९८ हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोवार रकम ३१ करोड ११ लाख ५९ हजार चार सय ९१ रुपैयाँ पुुगेको छ । 
आज नौ वटा समुहको कारोवार भएकोमा होटल बाहेक सबै समुहले गुुमाएकाछन । बाँणिज्य बैक समुहको सुचक १३ दसमलव ६५  अंकले घटेर १२ सय एक दसमलव २४ अंकमा पुुगेको छ भने ११ करोड ४९ लाख ७५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक १० दसमलव पाँच अंकले घटेर १५ सय ६९ दसमलव चार अंकमा पुुगेको छ भने एक करोड २६ लाख चार हजार आठ सय रुपैयाँको किनबेच भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक १५ दसमलव ६७ अंकले घटेर १७ सय २६ दसमलव ४४ अंकमा पुुगेको छ भने एक करोड २७ लाख ८२ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक पनि आज दुुई दसमलव ४३ अंकले घटेर छ सय ९९ अंकमा पुुगेको छ भने २३ लाख १० हजार एक सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । 
बीमा, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहले पनि आज गुुमाएकाछन भने होटल समुहले सामान्यरुपमा कमाएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको बढेको मुल्य 
१ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १५३ २
२ स्वदेशी लघुबित्त संस्था ३६९ १.९३
३ कावेली बिकास बैंक ३२६ १.८८
४ ओरन्टल होटल समुह ६५९ १.८५
५ सप्तकोशी डेभलपमेन्ट बैंक १३८ १.४७
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य 
१ शुुर्या लाईफ इन्स्योेरेन्स कम्पनी ८५१ ४.०६
२ तारागाउँ रेजिडेन्सी होटल २९५ ३.९२
३ सेञ्चुरी बैंक १८६ ३.६२
४ अरुण भ्याली हाईड्रो पावर १८९ ३.५७
५ मेरो माईक्रो फाईनान्स १३३० ३.३९