बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रसुुवागडी हाईड्रोको एक अर्ब ६४ करोड रुपैयाँको सेयर आजबाट खुुल्ला

शुक्रबार, फाल्गुन ११ २०७४

काठमाडौ फागुुन ११
आज शुुक्रबारबाट रसुवागडी हाईड्रो पावर कम्पनी लिमिटेडले एक अर्ब ६४ करोड २१ लाख ४० हजार रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले आजबाट दुुई चरण्मा गरी एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।  
कुुल सेयर मध्येमा पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि एक अर्ब ३३ करोड ४२ लाख ९५ हजार रुपैयाँ बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयरको बिक्री फागुुन ११ गतेबाट सुरु भई फागुुन ३० गतेबाट बन्द हुुने छ । यस चरणमा खरिदकर्ताहरुले न्युुनतम ५० देखि अधिकतम १० अंकले भाग जानेगरी पाँच सय कित्तासम्म सेयर खरिद गर्न सक्नेछन । 
दोस्रो चरणमा भने संस्थापक सेयर  लगानीकर्ताहरु अन्र्तगत नेपाल बिद्युुुत प्राधिकरण, चिलिमे जलबिद्युुत कम्पनी लिमिटेड, रसुुुवा जिल्लाका स्थानीयवासी र कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको लागि सेयर बिक्री गरिने छ । कम्पनीका अनुसार दोस्रो चरणमा बिक्री गरिने कुुल सेयर मध्येमा संस्थापक सेयरधनी कम्पनी तथा स्थानीयवासीको लागि २३ करोड ९४ लाख ७३ हजार पाँच सय रुपैयाँ बराबरको २३ लाख ९४ हजार सात सय ३५ कित्ता र कर्मचारी सञ्चकोषका कर्मचारीको लागि छ लाख ८४ हजार दुुई सय १० कित्ता सेयर छुुट्याएको छ  । सो मध्ये संस्थापक सेयरधनी कम्पनी र रसुवा जिल्लाका स्थानीयवासीहरुले न्युुनतम ५० देखि अधिकतम १० अंकले भागजाने गरी पाँच सय कित्तासम्म र कर्मचारी सञ्चय कोषका कर्मचारीहरुले न्युुनत ५० कित्ता देखि १० अंकले भागजाने दुुई सय ५० कित्तासम्म सेयर खरिद गर्ने सक्नेछ । 
कम्पनीका अनुसार दोस्रो चरणमा सेयर बिक्री कार्य चैत पाँच गतेबाट सुरु भएर चैत १३ गते बन्द हुुने छ । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको सह बिक्री प्रर्वन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड, ग्लोवल आईएमई क्यापिटल लिमिटेड र सनराईज क्यापिटल लिमिटेड रहेकाछन ।