सिरहा फागुन, १०–
सिरहाको लहानमा बम विस्फोट भएको छ । लहान नगरपालिकाको मुख्य बजारमै बम विस्फोट भएको हो। बिहीबार दिउँसो मारुती होटल अगाडि प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन्।
टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ। प्रहरीले विस्फोटको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।