पोखरा फागुन, ९–
पोखरामा लागुऔषध बेचबिखनमा संलग्न २ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न पोखरा ९ बसपार्क बस्ने २८ वर्षे सुवास गुरुङ र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ का २४ वर्षे सुमन गुरुङ पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुवास गुरुङलाई छोरेपाटन र सुमन गुरुङलाई लेकसाइडबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुबाट प्रहरीले लागुऔषध नुफिर्म ५२ थान, फेनरागन ५२ थान, डाइजापाम ५२ थान बरामद गरेको छ ।
टाइट्रोसन १० चक्कीसमेत बरामद गरिएको छ । अनुसन्धान ब्युरोले पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको जनाएको छ ।