काठमाडौं फागुन, ९–
बिहिबार १० गते नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार विहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ । फागुन २१ गते बोलाईएको संसद बैठकलाई लक्षित गरेर कांग्रेसले बैठक बोलाएको हो । अहिलेसम्म कांग्रेसले संसदीय दलको नेता समेत चयन गरेको छैन । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा तथा नेता प्रकाशमान सिंहले आकंक्षा देखाएका छन् ।