काठमाडौं फागुन, ९–
सरकारमा सहभागीताबारे वाम गठबन्धनले आफूहरुसँग छलफल नगरेको भन्दै राष्ट्रिय जनता पार्टीले दुखेसो व्यक्त गरेको छ । राजपाका एक नेताले भने, ‘आफूहरुले सरकारमा आउँछौँ भन्ने कुरो पनि सुहाएन, उहाँहरुले पनि आबश्यक्ता महसूस गर्नु भएन ।’ राजपाका ति नेताले जनाए अनुसार संघीय समाजवादी फोरमका कारण राजपाको सरकारमा सहभागीता ब्रेक लाग्न पुगेको हो ।
राजपाले संघीय समाजवादी फोरम राजपालाई सरकारमा सहभागी हुनबाट रोक्न लागिरहेको छ ।