बुटवल फागुन, ९–
फिरौती, धम्की र हत्याको आतंक मच्चचाउदै आएका गुण्डा नाइके मनोज पुन आफ्ना सहयोगी सहित प्रहरी इन्काउन्टरमा परी मारिएका छन् । बुधबार
भारतको गोवामा पक्राउ परेका गुण्डा नाइके मनोज पुनसहित उनका एक सहयोगी सार्प सुटर सोम आले पक्राउ परेको ३ दिनपछि रुपन्देहीमा मारिएका हुन् ।
सिआइबीले उनका सहयोगी सहित पुनलाई गोली हानी नै ढालेको हो। प्रहरीले उनीहरु दुवैलाई छाती र कोखामा गोली हानेको अस्पतालमा देखिएको छ। वाइकमा सवार उनीहरुलाई प्रहरीले भवानीपुरमा पछ्याउने क्रममा गोली हानेको घटनाक्रम प्रहरीले इन्काउण्टर भएको भनिएको ठाउँमा देखिएको छ।
सिआइबीले नेपाल प्रवेश गराउने वित्तिकै पुन सहित सहयोगी सोम आलेलाई रुपन्देहीको देवदह–४, भवानीपुरमा इन्काउण्टर गरेको हो। एमालेका पूर्व कार्यकर्ता रहेका पुन हत्या, धम्की र फिरौतीमा संलग्न रहि एकपछि अर्को एमालेकै कार्यकर्ताको हत्यामा संलग्न रहेपछि एमालेका अध्यक्षले प्रधानमन्त्री हुनु अघी नै पुनलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
सिआइबीले गुण्डाहरुको बारेमा जानकारी राख्ने र विभिन्न कार्वाहीमा यसअघी सफलता पाइसकेका प्रहरीको टीमलाईपुनलाई कार्वाही गर्न खटाएको थियो। लामो अनुसन्धान पछि पुन बसेको एरिया रेकी गरि भारतको तटीय राज्य गोवाबाट पुनलाई सहयोगी सहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।
भारतबाट नेपाल ल्याएका पुनलाई प्रहरीले कानुनी कार्वाहीको प्रक्रियामा लैजानु भन्दा पनि आदेश भए अनुसार नै दोहोरो भिडन्तमा मृत्यु भएको बताएको छ। प्रहरीले भवानिपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र उनका सहयोगी आलेको मृत्यु भएको बयान दिएको छ।
पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए । सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् । विहान करिव ४ बजेतिर प्रहरीको गोली लागेर घाइते भएका पुन र उनका सहयोगी सोम आलेको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
फागुन ६ गते गोवामा पक्राउ परेको कुरालाई अस्विकार गरेको सिआइवीले समाचार आएपछि कतिपय सञ्चार माध्यमलाई खण्डन गर्न लगाएको थियो। समाचार आएकै कारण पुनको इन्काउण्टर एक दिन ढीलो भएको स्रोत बताउँछ।
सो नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरुले फोन गरि पुनलाई सादा पोसाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका थिए।
बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो।
एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो। राजनीतिक रुपमा पनि प्रहरीलाई दवाव आउन थालेको थियो।
आपराधिक काममा संलग्न रहि फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनु अगाडी पनि भन्दै आएका थिए।
तत्कालिन गृहमन्त्री तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समुहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।
युवा संघ रुपन्देही अध्यक्ष नकुल शाहीले आफ्ना होनहार मित्रजनको हत्या तथा देशमा नै आतंक मच्चाईरहेको पुनलाई नै ढाल्ने प्रहरी कार्वाहीको खबरले आफुहरु खुसि भएको बताएका छन् ।
पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो। एमालेका स्थानिय नेता सिद्धिचरण भट्टराई लगायतलाई पुनको समुहले धम्क्याउँदै आएको थियो।
पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई १ बर्ष अघी हत्या गरेको थियो।