बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कास्कीमा बम विष्फोट हुँदा पत्रकार र प्रहरी घाइते, स्थानीय अस्पतालमा उपचार हुँदै

मंगलबार, फाल्गुन ८ २०७४

पोखरा फागुन, ८–
कास्कीमा भएको विष्फोटमा परी प्रहरी र पत्रकार घाइते भएका छन् ।  कास्कीको विजयपुरमा भएको  बम विष्फोटबाट  स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका हुन् । अहिले उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

यसअघि विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

यस्तै, झापाको दमकमा पनि बन्दकर्ताहरुले विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भएको छैन ।