बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रजातन्त्र दिवसमा टेलिकमको उपहार ‘फ्रिडम प्याक’

आइतबार, फाल्गुन ६ २०७४

काठमाडौं फागुन, ६–
नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा  ग्राहकहरुलाई ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । सो प्याकको उपयोग कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले  एक घण्टासम्म अनलिमिटेड रुपमा गर्नसक्ने छन् ।
जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने टेलिकमले जनाएको छ ।  सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
 फागुन ६ गतेदेखि आगामी ८ गतेसम्म सो प्याक खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर ,एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।