बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश नं. ३ को राजधानी सार्न सांसदहरुले थाले अभियान

शुक्रबार, फाल्गुन ४ २०७४

काठमाडौं फागुन, ४–
 हेटौडाबाट प्रदेश नं ३ को स्थायी राजधानी अन्यत्रै सार्न सांसदहरुले जोड दिएका छन् । शुक्रबार रफत सञ्चार क्लबमा बोल्दै प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश सांसदहरुले जोड दिएका हुन् ।
 
उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मूल्याङकन नगरीकनै हेटौँडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको बताए ।  काभ्रेका सांसद गोकुल बास्कोटाले प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटौँडा राजधानीका लागी उपयुक्त नभएको प्रष्ट पारे । उनले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्ने तर्क समेत गरे ।
 
 काभ्रे नै सबैको पायकका लागी प्रदेश ३ को  राजधानी उपयुक्त हुने उनको भनाई छ ।   उनले मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारण तर्क गरे ।
 
दोलखाका सांसद पार्वत गुरुङले हेटौंडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै  पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने विचार व्यक्त गरे । हेटौँडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाई छ ।

कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उनको भनाई छ । उनले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथा काभ्रे हुने समेत बताए । उनले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यस्कते बिरोध समेत नगर्ने बताए ।