बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसरी गरियो महाशिवरात्रीमा आएका साधुसन्तलाई बिदाई, कुन साधुलाई कति बाटो खर्च ?

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौं फागुन, ३–
विहिबार महाशिवरात्री मेलाको अवसरमा पशुपतिनाथ आएका साधुसन्तलाई  बाटो खर्चसहित बिदाई गरिएको छ । मेलामा आएका साधुसन्तहरुलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित  विदाई गरेका हुन् ।

आज बिहान पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि  एक कार्यक्रम गरी उनीहरुलाई बाटो खर्चसहित विदाई गरिएको हो  । जसअनुसार दिगम्बर साधुहरुलाई गुठी संस्थानले १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैयाँ, जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैँया नगद बाटो खर्चसहित बिदाई गरिएको हो ।  साधुसन्तहरुलाई बिहीबार विहानसम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।

गुठी संस्थानले मात्रै  साधुसन्तहरुलाई बाटो खर्च दिने काम  गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई परापूर्व कालदेखिनै  गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । कोषले  बिदाईका क्रममा साधुसन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।