बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केपी ओली नेपालको ४१ औ प्रधानमन्त्रीमा नियुक्त,आजै ४ बजे सपथग्रहण

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौं फागुन, ३–
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले  ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । एमाले र माओवादीले बिहीबार नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न  राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

बुधबार निर्वाचन आयोगले  मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

दिउँसो ४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीले  सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ ।

प्रधानमन्त्री नियुक्त भएसँगै  ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।