काठमाडौं फागुन, ३ –
बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्धार्थ बैंकले बुधबार महोत्तरीको गौसाला नगरपालिकामा शाखा स्थापना गरेको छ । बैकका अनुसार उक्त शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै आम जनतारुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन ।
शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, कर्जा कारोबार जस्ता सेवामार्फत स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्ने बिश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकको पुहँच नपुगेका अन्य थप गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्दैछ ।
यो सहित बैंकले हाल देशभर ९३ वटा शाखा, तीन एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, , एक सय पाँच वटा एटिएम, छ सय ५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैकले चालुु आर्थिक बर्षको माघ मसान्तसम्म ८७ अर्ब पाँच करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।